प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/Logo Photo Final_5tkefso.png

महत्त्वपूर्ण सूचना

logo/Logo Photo Final_5tkefso.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पुन्हि - १५

बारम्बार सोधिने प्रश्नहरू

विदेशबाट हुलाक मार्फत पार्सल पठाउँदा विदेशमा तिरेको रकममा नेपाल सम्म पैठारी गर्ने शुल्क समावेश गरिएको हुन्छ। नेपालमा पार्सल प्राप्त भईसकेपछि प्रत्येक पार्सलमा नियमानुसार बुझाउनुपर्ने भन्सार महशुल, हुलाक महशुल र गोदाम भाडा समेत तिर्नुपर्दछ। भन्सार महशुल छुट हुने हुलाक वस्तुहरुमा नियमानुसार हुनेछ।

पार्सलको प्रापक व्यक्ति स्वयम् उपस्थित भएको अवस्थामा निजको नेपाल सरकारले जारी गरेको कुनै परिचय पत्रको फोटोकपी (जस्तैः नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र, प्यान कार्ड आदि) वा अन्य व्यक्तिले Receive गर्दा प्रापक र लिन आउने दुवैको उपरोक्त अनुसारको परिचय पत्रहरुको प्रतिलिपि। पार्सलको प्रापक संस्थागत भए पार्सल Receive गर्न आउने व्यक्तिको नाममा सो संस्थाले जारी गरेको मन्जुरीनामा पत्र र Receive गर्न आउने व्यक्तिको नेपाल सरकारले जारी गरेको कुनै परिचय पत्रको प्रतिलिपि।

द्रुत डाँक सेवा समयको माग र ग्राहकको चाहना अनुरुप नेपाल सरकारको हुलाक सेवाबाट आन्तरिक र वैदेशिक चिठ्ठीपत्र तथा मालसामान संकलन तथा वितरणको लागि सञ्चालित छिटो, सस्तो र भरपर्दो अत्याधुनिक सेवा हो।

हुलाक निर्देशनालय, मोरङको Website: https://morang.nepalpost.gov.np मा गई आन्तरिक वा अन्तर्राष्ट्रिय ट्रयाकिङ मा Tracking Number (Eg: RD*********NP) Entry गरी Search गरेर हेर्न सकिन्छ।

हुलाक निर्देशनालय, मोरङमा सम्बन्धि प्रेषकले निवेदन दिई प्रमाण लिन सकिन्छ।

चिठ्ठीपत्रमा फोन नं. भएमा फोन गरी ठेगानाको सोधपुछ गरी पत्र पुर्‍याउने कार्य हुन्छ भने फोन नं. नभएमा स्पष्ट ठेगानाको आधारमा पत्र पुर्‍याउने कार्य हुन्छ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, ३० जना ग्राहकको सूची, लगातार प्रकाशित भएको पछिल्लो दुई प्रति पत्रिका र रु.१० को हुलाक टिकट टाँसको निवेदन।

आन्तरिक चिठ्ठीपत्रहरु जिल्ला अनुसार ५ देखि १५ दिनमा र वैदेशिक चिठ्ठीपत्रहरु १० दिनदेखि १ महिना सम्ममा पुग्छ।

निषेधित सामान भनी तोकिएका बाहेक अन्य सामान पठाउन सकिन्छ।

सम्बन्धित हुलाक कार्यालयको सिफारिसमा हुलाक सेवा विभागमार्फत क्षतिपुर्ति पाइन्छ। निश्चित अवधि पश्चात मात्र क्षतिपुर्ति पाइने।

पुनः शुल्क तिरेर पठाउन सकिने।

यातायातमा आउने तथा देखिने अवरोध तथा भौगोलिक कठिनाईको कारण (दुरी, यातायात तथा भौगोलिक स्थितिमा भर पर्ने)।

हुलाक सेवा विभागले सम्झौता गरेका देशमा मात्र हुलाक वस्तु ढुवानी हुने गर्दछ। (सबै देशसँग सम्झौता नभएको)

अर्को आर्थिक वर्षको श्रावण महिना भित्र नवीकरण गरेमा निम्नानुसारको नवीकरण शुल्क लाग्नेछ: (क) सानो रु.७५०/- (ख) मझौला रु‍.१०००/- (ग) ठुलो रु.१५००/- र पोष्टबक्स परिचय पत्र हराएमा पुनः रु.१०/- शुल्क लाग्नेछ।

भाद्र र असोजको २५%, कार्तिक, मंसिर र पौषको ५०%, माघ, फागुन र चैत्रको ७५%, वैशाखा, जेठर असारको १००% ढिलाई दस्तुर तिरी नवीकरण गर्न सकिनेछ।

सोही आर्थिक वर्षभित्र फर्ता माग भएमा धरोटी रकम फिर्ता हुनेछ।

सेवाग्राही आफैले ताला चाबी किनेर ल्याउनु पर्नेछ।

हुँदैन। स्वयम् सेवाग्राहीले आफ्नो पोष्टबक्सको चाबी लिएर आफैले पोष्टबक्स खोली हुलाक वस्तु लैजानु पर्नेछ।

हाललाई कार्यालयमा आएर नविकरण गर्नु पर्नेछ। तत्कालै यो सुविधा प्रदान गर्ने तर्फ यस कार्यालयले आवश्यक पहल गरिरहेको छ।